सांसदलाई दिइएको रकम खर्च नभएको भए कोषमा जम्मा गर्न सरकारको निर्देशन
काठमाडौं । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम तेस्रो संशोधन नियमावलीलाई स्वीकृत गरिएको छ । सरकारले सांसदलाई दिइएको तर खर्च नभएको रकम कोरोना कोषमा जम्मा गर्ने गरी नियमावली संशाेधन गरेको हो ।
असार २ गते बसेको मन्त्रिपरिषदको बैठकले चालु आवमा खर्च नभएको स्थानीय पूर्वाधार विकास साझेदारीको रकम कोरोना कोषमा जम्मा गर्न निर्देशन दिएको हो ।
स्थानीय तहले कार्यक्रम आयोजना गर्दा चालु आवमा छुट्याइएको रकम खर्च नभइ बचत हुन गएमा त्यस्तो रकम संयोजकले निर्देशक समितिका अन्य समितिसँग समन्वय गरी कोरोनाको व्यवस्थापनका लागि कोरोना कोषको खातामा असार १५ गतेभित्र जम्मा गर्न सक्ने निर्णय गरिएको छ ।
यसरी जम्मा भएको रकम कोरोनाको उपचारमा मात्रै खर्च गर्न पाउने निर्णय गरिएको सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।