डा. राजन खनाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त



Rajan Khanal,

काठमाडौं । सरकारले पूर्व अर्थसचिव डा. राजन खनाललाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्ती गर्ने निर्णय गरिएको छ ।

गत असार २ गते बसेको मन्त्रिपरिषदको बैठकले खनाललाई नियुक्ती गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

त्यसैगरी सरकारले प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद (सीटीइभीटी)को उपाध्यक्ष पदमा झापाका खगेन्द्रप्रसाद अधिकारीलाई नियुक्ती गरेको छ ।

भने बौद्ध दर्शन प्रबद्र्धन र गुम्बा विकास समितिको अध्यक्षमा ताप्लेजुङका फुपु छेम्बे शेर्पा र कार्यकारी निर्देशकमा नुवाकोटका होमबहादुर दोङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले नेपालको भूउपग्रह नीति २०७७, विभुषण पहिलो संशोधन नियमावली २०७७,सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सार्वजनिक सेवा सम्बन्धि विधेयक पनि स्वीकृत गरिएको छ ।

त्यसैगरी राष्ट्रिय अभिलेखालयले उपभोग गरिरहेको सर्वोच्च अदालतको जग्गा पुनः अभिलेखायकै नाममा कायम गर्ने र सर्वोच्च अदालतलाई पूर्वपट्टीको जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।


क्लिकमान्डु