कलंकी-थानकोट-नागढुंगा सडकखण्डका मोहीले ५० प्रतिशत क्षतिपूर्ती पाउने



काठमाडौं । सरकारले कलंकी-थानकोट-नागढुंगा सडकखण्डको क्षेत्रभित्र पर्ने आवश्यक जग्गा अधिग्रहण गर्दा श्री५ का वायुगुठीका मोहीलाई ५० प्रतिशत क्षतिपूति उपलब्ध गराउने निर्णय गरेको छ ।

उनीहरु आफै जग्गा धनी नभए पनि भोगचलन गरी आएकाले क्षतिपूर्ती स्वरुप ५० प्रतिशत क्षतिपूर्ति रकम दिने निर्णय गरिएको छ । जग्गाधनी प्रमाण पत्र नभएका तर नापी कार्यालयमा रहेका आधारमा मात्रै क्षतिपूर्ती दिइने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।


क्लिकमान्डु