प्रतिबन्धित मरिचको आयात गर्न पाइने, उद्योग आफैले ल्याउन पाउने



काठमाडौं । सरकारले मरिच आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । गत असार २ गते बसेको मन्त्रिपरिषदको बैठकले मरिच आयातमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको प्रस्तावमा निकासी पैठारी नियन्त्रण ऐन अनुसार कतिपय वस्तुमा आयात प्रतिबन्ध गरिएकोमा संशोधन गरिएको छ ।

जसअनुसार औद्योगिक कच्चा पदार्थका रुपमा आवश्यक पर्ने मरिच सम्बन्धित उद्योगका लागि खपतका आधारमा उद्योग विभागले प्रमाणित गरेको परिमाण बमोजिम सम्बन्धि उद्योग आफैले आयात गर्न सक्ने गरी ऐन संशोधन गरिएको छ ।


क्लिकमान्डु