लकडाउन खुकुलो भएपछि बढ्न थाल्यो घरजग्गाको कारोबार, मालपोतमा भिड बढ्यो



काठमाडौैं । सरकारले लकडाउन खुकुलो बढाएसँगै यसको असर घरजग्गा कारोबारमा समेत हुन थालेको छ ।

मालपोत विभागले जेठ २५ देखि कार्यालय खोलेको हो । जेठ २५ देखि ३२ सम्म मालपोत कार्यालयहरुमा खासै भिडभाड देखिएको थिएन । असार १ देखि भने मालपोत कार्यालयमा भिडभाडसँगै कारोबार समेत हुन थालेको देखिएको छ ।

लकडाउनपछि खुलेको दिन जेठ २५ गते देशभरका मालपोत कार्यालयमा जम्मा १९ वटा काम जग्गाको भएको थियो । जेठ २५ देखि ३२ सम्म जम्मा १५० वटामात्र घरजग्गासँग सम्बन्धित काम मालपोत कार्यालयमा भएको थियो ।

असार १ मा भने १४ सय २८ वटा काम मालपोतमा भएको छ । असार २ गते २२८६, गते ३०८६ वटा काम भएको छ । जसमा लिखत पारित,रोक्का र फुकुवाको काम हुन थालेको छ । सामान्य अवस्थामा देशभरका मालपोत कार्यालयमा दैनिक ३० हजार जति लिखत पारित,रोक्का,फुकुवा लगायतका काम हुन्छन् ।

यसरी हेर्दा मालपोत कार्यालयमा १० प्रतिशतमात्र काम हुन थालेको छ ।

काठमाडौं उपत्यकाको कुरा गर्ने हो भने मालपोत कार्यालय साँखुले बिहीबार मात्र ५३ वटा,चावहिलले ५०,मनमैजुले ४९,डिल्लीबजारमा ३५,टोखामा २४,कलंकीमा १३९ र भक्तपुरमा १२९ वटा मालपोत सम्बन्धि काम भएको देखिन्छ । फुकुवा,रोक्का र लिखत पारितको काम अहिले बढी भएको देखिन्छ ।


क्लिकमान्डु