५ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पर्वतको अस्पताल बन्द



काठमाडौं । पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि पर्वत अस्पताल बन्द भएको छ । पर्वत अस्पतालले जारी गरेको प्रेस विज्ञप्तीमा अर्को सूचना नभएसम्मका लागि आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गरिएको हो ।

असार ५ गते राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणमा त्यहाँ कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको थियो ।

हाल नेपालमा ७ हजार ८४८ जनामा कोरोना पुष्टि भएको छ । हरेक दिन तीव्र गतिमा बढिरहेको कोरोनाबाट संक्रमितमध्येका २२ जनाको मृत्यु भइसकेको छ भने १ हजार १८६ जना उपचारपछि निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल ६ हजार ६४० जना आइसोलेसनमा छन् भने क्वारेन्टिनमा १ लाख १६ हजार २१५ जना छन् । त्यसैगरी हालसम्म १ लाख ५५ हजार ५१८ वटा पीसीआर परीक्षण भएका छन् भने २ लाख ४३ हजार ७५ वटा आरडीटी परीक्षण गरिएको छ ।


क्लिकमान्डु