काठमाडौं महानगरपालिले जनप्रतिनिधि र कर्मचारीलाई साइकल किन्दा अनुदान दिने



काठमाडौं । काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीलाई साइकल खरिदमा अनुदान दिने घोषणा गरेको छ ।

बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाले साइकल खरिदमा अनुदान दिने मेयर विद्यासुन्दर शाक्यले बताए ।

भौतिक दूरी कायम राखी यात्रा गर्न सबैभन्दा सरल र कम खर्चिलो यातायातको साधन साइकल भएकाले अनुदान दिने घोषणा गरिएको हो । उनले महानगरवासीलाई साईकल प्रयोग गर्न प्रोत्साहन गरिने बताए ।


क्लिकमान्डु