१० अर्ब रुपैयाँको हिसाब पारदर्शी छ: स्वास्थ्यमन्त्री ढकाल



काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोनाको नाममा भएको खर्च सबै पारदर्शी रहेको बताएका छन् ।

राष्ट्रिय सभाको बैठकमा मन्त्री ढकालले विनियोजन विद्येयकमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन । १० अर्ब निकासा भयो भन्ने कुरा आएपछि कतिपयले त्यो सबै पैसा स्वास्थ्य मन्त्रालयमा नै आयो की भन्ने खालको बुझाई रहेको बताए ।

‘स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित खर्च मात्रै मसँग हुन्छ तर क्वारेन्टाइन व्यवस्थापन, स्थानिय तहलाई राहत वितरणमा दिएको खर्च, फ्रन्ट लाइनमा रहेर काम गर्ने व्यक्तिको लागि हुने खर्च यसैबाट हुने हो’ उनले भने ‘त्यो खर्च संघ, स्थानिय र प्रदेश तहबाट हुन्छ ।’

निकासा हुने वित्तीकै सबै खर्च यो यो भयो भनेर खर्च नै नभइ संसद वा सार्वजनिक ठाँउमा दिन नमिल्ने बताए ।

सबै खर्च विधिसम्बत भएको उनको दाबी छ । भोलिका दिनमा खर्चको फाँटबारी आउने, अडिट हुने, त्यसले पनि नभए त्यसको छानविन गर्ने संसदिय समितिले पनि छानविन गर्ने बताए । अनियमितता कतै पनि नहुने भन्दै निकासा भएकै दिन खर्च भएको जसरी नुबझ्न आग्रह गरेका छन् ।
‘यो सरकार पारदर्शी छ भ्रष्टाचार सहँदैन, भ्रष्टाचार गर्नेलाई कारबाही गर्छ । हिजो कै परम्परा दोहोरिएको हो की भन्ने सोचेर यो प्रश्न आएको हुनसक्छ’ उनले भने ‘त्यसको जवाफ समयक्रमले दिने छ ।’


क्लिकमान्डु