छिट्टै विज्ञापन बोर्ड गठन गरी अनलाइनले पनि विज्ञापन पाउँछन्ः मन्त्री डा. युवराज खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले छिट्टै विज्ञापन बोर्ड गठन गरेर अनलाइनलाई पनि लोककल्याणकारी विज्ञापन दिइने बताए ।

बुधबार राष्ट्रियसभामा बोल्दै हालसम्म छापामा मात्रै उपलब्ध हुँदै आएको लोककल्याणकारी विज्ञापन अब विद्युतीय माध्यमका सञ्चारमाध्यमले पनि पाउने बताए । यसका लागि निश्चित मापदण्ड बनाएर विज्ञापन दिइने उल्लेख गरे ।

‘लोककल्याणकारी विज्ञापनको हकमा अब छापामाध्यमबाट मात्रै नभइ अब विद्युतीय माध्यमबाट पनि दिन सकिन्छ भन्ने हिसाबले बजेटमा व्यवस्था गरिएको बताए । उनले अब विज्ञापन बोर्ड गठन भइसकेपछि बोर्डले विधिसम्मत् ढंगले विज्ञापन दिइनछ,’ उनले भने ।

उनले त्यसपछि व्यक्ति विशेषका आधारमा नहुने बताए । छिट्टै विज्ञापन बोर्ड गठन भएर निश्चित मापदण्डका आधारमा विज्ञापन उपलब्ध गराइने बताए ।

मन्त्री खतिवडाले सञ्चारमाध्यम लगायतका संस्थालाई यसपटकको बजेटले सबैभन्दा धेरै सम्बोधन गरेको तर्क गरे ।

मन्त्री खतिवडाले कारोबारका आधारमा लाग्ने शुल्क ५० प्रतिशतले घटाइएको बताउँदै दर्ता, नविकरण गर्ने समय बढाइएको र सबै किमिसका बैंकिङ प्रणालीबाट ऋण लिनेलाई पनि ब्याजको स्किम र ब्याज पर सार्ने स्किम पनि भएको बताए ।

कोरोनाको बीमा गर्ने विषयमा सञ्चार क्षेत्रमा काम गर्ने पत्रकारमा पनि छ भने पत्रकार दुर्घटना बीमा पनि सञ्चार क्षेत्रमा भएको बताए । सामूदायिक र सार्वजनिक सञ्चारमाध्यमलाई थप सुविधा समेत पाएको मन्त्रीको भनाइ छ ।


क्लिकमान्डु