अब इन्जिनियरले पनि लाइसेन्स परीक्षा उत्तीर्ण गर्नुपर्ने



काठमाडौं । मेडिकल क्षेत्रका डाक्टर र नर्सलाई जस्तै इन्जिनियरहरुले पनि लाइसेन्स परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले इन्जिनियरिङ काउन्सिलको ऐन संशोधन विधेयक पास गरेकोे हो । जसमा इन्जिनियरहरुलाई पनि अनिवार्य लाइसेन्स परीक्षा दिनुपर्नेछ ।

यो अब इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुमा लागू हुनेछ । मेडिकलमा जस्तै अब इन्जिनियरहरुल लाइसेन्स लिएपछि मात्रै काम गर्न पाउनेछन् ।

ऐन अनुसार वर्षमा २ पटक लाइसेन्सको परीक्षा दिनुपर्नेछ ।

इन्जिनियरिङ पेशालाई विश्वासिलो र गुणस्तरीय बनाउनका लागि छलफल गरी विधेयक पास गरिएको समिति सभापति कल्याणी खड्काले बताइन् ।


क्लिकमान्डु