नेपाल ट्रष्टको कार्यालयले भन्यो- कमलादीमा रहेको काठमाडौं प्लाजा खाली गर्नु



काठमाडौं । नेपाल ट्रष्टको कार्यालयले कमलादीस्थित काठमाडौं प्लाजा खाली गर्न सूचना जारी गरेको छ । मंगलबार एक सूचना जारी गर्दै असार २ गतेदेखि खाली गर्न भनेको छ ।

ट्रष्टको स्वामित्वमा रहेको कमलादीस्थित कित्ता नम्बर २२३५ क्षेत्रफल ५-०-२-० रोपनी जग्गामा निर्मित काठमाडौं प्लाजा भवन ट्रष्ट र कन्सेप्ट डेभलपर्स प्रालिबीच गत २०६६ साल पुस २३ गते अध्यावधिक भएको सम्झौता अनुसार यही असार २ गते समाप्त भएको सूचनामा भनिएको छ ।

सम्झौता समाप्त भइसकेपछि उक्त प्लाजा भवन प्रथम पक्षलाई हस्तान्तरण गर्नुपर्ने भएकाले असार २ गतेदेखि भवन सम्पूर्ण रुपले खाली गरी चालु हालतमा ट्रष्टलाई हस्तान्तरण गर्न भनिएको छ ।


क्लिकमान्डु