सम्पूर्ण श्रमिकको तथ्यांक अध्यावधिक गर्न श्रमिक सूचना बैंक स्थापना गरिने



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रमिक सूचना बैंक स्थपना गर्ने घोषणा गरेका छन् ।

सरकारको नीती तथा कार्यक्रम अनुसार आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेटमा समेत रहेको कार्यक्रम अनुसार श्रमिक सूचना बैंक स्थपना गर्ने कार्य अगाडि बढेको छ ।

श्रमिक बैंक स्थापना गरी कार्यान्वयन गर्नका लागि मन्त्रालयले विज्ञ समूह गठन गरी कार्य प्रारम्भ गरेको छ । कृषिलगायत श्रम आर्जन गर्न सक्ने जनशक्तिहरु के–कति संख्यामा रहेका छन् ? के कस्ता ज्ञान, सीप हासिल गरेका रहेछन् ? कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् ? बारे एकत्रित जानकारी उपलब्ध गराउने उद्देश्यले श्रमिक बैंकको स्थपाना गर्न लागिएको मन्त्री यादवले बताए ।

विकास र औद्योगिकरणले गति लिदैगर्दा मौजुदा श्रमिकको पर्याप्तता सुनिश्चित गर्न र श्रमिक बैंकको स्थपनाले श्रमिकको सम्रग व्यवस्थापनमा मद्दत पुरर्याउने भएकाले श्रमिक बैंकको आवश्यता रहेको मन्त्री यादवले प्रष्ट पारे ।

मंगलबार मन्त्रालयको बैठक हलमा मन्त्री यादवको उपस्थितीमा विज्ञ टोलीले श्रमिक बैंकको कार्यन्वयन बारे प्रस्तुतिकरण गरेका थिए ।


क्लिकमान्डु