मंगलबार ३८० जना थपिए संक्रमित, कुल ११५८ जना निको भए



काठमाडौं । मंगलबार थप ३८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या ११५८ जना छ ।

हाल क्वारेन्टिनमा बस्नेको संख्या १ लाख ३३ हजार ९ छन् भने हालसम्म आइसोलेसनमा बस्नेको संख्या ५ हजार ५३१ जना छन् । मृत्यु हुनेको संख्या १९ छ ।

त्यस्तै, हालसम्म १ लाख ४३ हजार ७३८ वटा पीसीआर परीक्षण भएको छ भने आरडीटी परीक्षण २ लाख २३ हजार ५१९ वटा परीक्षण भएका छन् ।


क्लिकमान्डु