समयमै खर्च गर्न सक्दैनन् भने सबै मन्त्रीले सामूहिक राजीनामा दिए हुन्छः रामनारायण विडारी



काठमाडौ । सांसद रामनारायण बिडारीले विकास बजेट दुरुपयोग भएको र ठीक समयमा बजेट खर्च नसेकेको आरोप लगाएका छन् ।

राष्ट्रियसभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसद बिडारीले किन बजेट गर्न नसकेको भन्दै प्रश्न गरे ।

‘साउनबाट फटाफट किन काम भएन ? साउदेखि बजेट खर्च गर्न रोक्न कुन प्रेत, भूत आयो । किन चेतमा मात्रै खर्च गर्नु परेको हो । यो वर्ष कोरोनाले चैत वैशाख, जेठ पनि खायो । अब असारमा पैसा सक्ने काम नगर्ने, कागज बनाउने काम शुरु भएको छ,’ उनले भने ।

आगामी आवदेखि साउनबाट नै काम गर्न नसक्ने हो भने मन्त्रीहरुले सामूहिक राजीनामा दिए सुझाव समेत दिए ।

‘बजेट छुटयाएको छ, संसदले पास गरेको छ, तै पनि खर्च चैतमा गर्नुपर्ने, यसरी काम गर्ने हो भने किन तलब भत्ता खाएर बसेको,’ उनले भने ।

संविधानको धारा १९ मा पनि यो विषय समावेश भएकाले यस विषयमा ध्यान दिन मन्त्रीहरुलाई आग्रह गरेका छन् ।

‘विपक्षी पैसा यहाँ पनि पुगेन, त्यहाँ पनि पुगेन भन्ने अनी बजेट यो मन्त्रालयमा १ सय रुपैयाँ मात्रै राख भन्छ’ उनले भने ‘यो पनि बनाउ, त्यो पनि बनाउ, यहाँ पनि पुगेन, त्यहाँ पनि पुगेन भन्छ, विपक्षी उस्तै, सरकार पनि उस्तै अनी सरकार कसरी बन्छ ।’

अमेरिका, बेलायतमा पनि बजेट संशोधन गर्न थालिएको स्मरण गराउँदै बजेट संशोधन गर्दा सरकार नढल्ने बताए ।

लामो समय छलफल गर्ने, तलब भत्ता खाने अनी बजेट सरकारले ल्यायो त्यसमा १ रुपैयाँ पनि परिवर्तन नगर्ने नाटक आगामी दिनमा नगर्न सुझाव दिए ।

अहिले नेपालीको टाउकोमा ३४ हजार ऋण रहेको भन्दै यो अवधिमा नेताहरुले कस्तो सरकार चलाएछन्, कस्तो ऋण तिरेछन भन्दै प्रश्न गरेका छन् ।

‘अहिले ४० अर्ब खर्च र १५ अर्ब आम्दानी गरेर तलब पनि विदेशीसँग मागेर खान अनी हामी स्वालबम्बी भन्दै धाक लगाउने काम भएको छ, त्यसकारण यो संघीयताको, कम्युनिष्टको, गणतन्त्रको सरकार भएकाले यसले ठूलै फड्को मारोस भन्ने मेरो अपेक्षा छ’ उनले भने ।

जुन देशको सांसद बजेट कहाँ पाईन्छ भनेर सुँग्दै हिँड्छ त्यो देश विकास नहुने सांसद बिडारीले तर्क गरे ।

सांसदले मुलुकका लागि ऐन कानून बनाउने भन्दै नेपालको सांसदले बनाउने बजेट, बनाउने कानून नेपालको लागि हुनुपर्ने बताए ।

सांसदले यस्ता कुरामा ध्यान नदिएकोले देश विग्रेको उनको भनाइ छ ।

‘सांसदले विरोध गर्छ, सरकार ढल्छ भनेर कहिले सिधै ६ करोड, कहिले घुमाएर ४ करोड, फेरि बाटोघाटो भनेर ८, १० करोड मन्त्रीले दिँदैमा देशको विकास हुँदैन,’ उनले भने ।

कोरोनामा कति खर्च भयो भनेर सडकमा नारा लगाउनु भन्दा वेवसाइटमा दैनिक भएको खर्च, दैनिक आएको पैसा राख्न मन्त्रीलाई कसले छेक्यो भन्दै प्रश्न गरेका छन् ।

मन्त्रीले यति नगर्दा विपक्षीले पैसाको हिसाब मागी भनेर फुर्ती लाउनु पर्ने, जनता सडकमा विरोध गर्नुपर्ने बाध्यता हटाउन आग्रह गरे ।


क्लिकमान्डु