ढुक्क हुनुहोस, मोटरबाइकमा २ जना सवार हुन पाइँदैन, जोर-बिजोर लागू हुन्छ: ट्राफिक महाशाखा



काठमाडौँ । उपत्यकाका विभिन्न स्थानबाट सोमबार १ हजार ८ सय २३ ओटा जोर नम्बर प्लेटका सवारी साधनलाई ट्राफिक प्रहरीले होल्ड गरेको छ ।

१ हजार ५ सय ६९ ओटा २ पाङ्गे र २५४ ओटा चार पाङ्गे सवारी साधनलाई होल्ड गरिएको  महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सोमबार असार १ गते बिजोर गतेका दिन जोर नम्बरका सवारी साधन चलाएको पाइएकाले उक्त सवारी साधनलाई ट्राफिक प्रहरीले होल्ड गरेको हो ।

सवारी साधनको नम्बर प्लेटको अन्तिम अंकको आधारमा जोर र बिजोर छुट्याइएको छ । दुई पाङ्गे सवारी साधनमा पनि आजबाट जोर बिजोर लागू भएको हो ।

योसँगै २ पाङ्गे सवारी साधनमा चालक मात्र सवार हुन पाईने महाशाखाले स्पष्ट पारेको छ । चार पाङ्गे सवारी साधनमा पनि चालक र पछाडि २ जना गरी  ३ जना मात्रै चढेर यात्रा गर्न पाउने व्यवस्था रहेको महाशाखाको भनाइ छ ।

सवारी साधनको संख्या बढ्ने क्रमसँगै उपत्यकामा ट्राफिक लाइट सिस्टममा सवारी साधन संचालन गर्ने तयारी ट्राफिक प्रहरी महाशाखाले गरेको छ ।

यसैबिच केही स्थानमा ट्राफिक लाईट संचालन पनि भईरहेको छ । यस्तै, सवारी साधन चलाउदा र पैदलयात्रा गर्दा ट्राफिक नियम पालना गर्न, सबैलाई ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।

शंखरदेव मोडबाट कमलादीमोडसम्म सडकमा र गौशालादेखि चावहिलसम्मको सडकका पनि ग्राभेलिङको काम भइरहेका कारण उक्त स्थानमा संचालन हुने सवारी साधन भने केही प्रभावित भएका  महाशाखाको भनाइ छ ।


क्लिकमान्डु