नेपालमा कोरोनाको औषधि पत्ता लागेको छैन, भ्रममा नपर्नुहोसः स्वास्थ्य मन्त्रालय



काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोनाको औषधि पत्ता लागेको भन्दै भ्रामक सूचना फैलाएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोनाको उपचार भन्दै भ्रम छरिरहेको भन्दै त्यसका पछाडि नलाग्ने आग्रह गरे । उनले विश्वमा कसैले पनि कोरोनाको औषधि पत्ता नलगाएको भन्दै त्यसतर्फ ध्यान नदिन आग्रह गरे ।

‘कोभिडको औषधि पत्ता लागेको छैन, संसारभरी यसको अध्ययन अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘हालसम्म कुनै पनि बलिया प्रमाणहरु फेला पारेका छैनन् ।’

उनले नेपालमा विभिन्न व्यक्ति वा संस्थाहरुले कोभिड १९ उपचार वा लाग्ने नदिने औषधि उपचार तथा विधि भनि भ्रामक र गलत प्रचारप्रसार गरिरहेको भन्ने बुझिन आएको बताए ।

उनले कुनै पनि औषधि प्रयोग गर्नका लागि सम्बन्धित चिकित्सा परिषदको स्वीकृति लिनु पर्ने कानूनी व्यवस्था रहेको र आयुर्वेद वा बैकल्पिक चिकित्सा पद्धति वा अन्य चिकित्सा पद्धति अनुसार रोग प्रतिरोधात्मक विधिको प्रयोग तथा वितरण गर्न स्थानीय स्वायत्त क्षेत्रमा काम गर्ने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको अनुमतिमा मात्रै गर्न गराउन अनुरोध गरेको छ ।

कोरोनाले रोग प्रतिरोधात्मक क्षमता कम भएका र वृद्धवृद्धा हुनेलाई बढी असर गर्ने भएकाले बाहिर नजान भनेको छ । साथै बाहिर गएर कोरोना ल्याएर घरमा बालबालिकालाई वृद्धवृद्धाबाट अगलै राख्न समेत भनेको छ ।

मन्त्रालयका अनुसार सोमबार थप ४५१ जना संक्रमित थपिएका छन् भने उपचारपछि निको हुनेको संख्या १०४१ छ ।


क्लिकमान्डु