सोमबार ४५१ कोरोना संक्रमित थपिए, हालसम्म १०४१ जना निको भए



काठमाडौं । सोमबार थप ४५१ जना कोरोना संक्रमित थपिएका छन् । जसअनुसार कुल संक्रमितको संख्या ६२११ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म उपचारपछि निको हुनेको संख्या १ हजार ४१ छ । त्यसैगरी क्वारेन्टिनमा १ लाख ३३ हजार जना छन् ।

हालसम्म पसीआर परीक्षण १ लाख ३८ हजार ६८३ छ । संक्रमित जिल्लाको संख्या ७३ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पोखरामा पनि परीक्षण शुरू गरिएको छ भने परीक्षण गर्ने ल्यावको संख्या २२ पुगेको छ ।


क्लिकमान्डु