सांसदका दुःखः ‘बिन्ती छ मन्त्रीज्यू मेरो क्षेत्रमा एउटा मात्रै भएपनि योजना पारिदिनुन्’



काठमाडौं । सांसद नन्दा चपाईले आफ्नो निर्वाचन क्षेत्रमा बजेट पारिदिन मन्त्रीहरुका अगाडि अनुनय बिनय गरेकी छिन् ।

पूर्वको तुलनामा पश्चिममा बजेट निकै कम भएको बताउँदै पञ्चपुरी नगरपालिकाको वडा नम्बर ९ मा भित्री सडक रहेको र त्यसका लागि बजेट दिन माग गरेकी हुन् ।

साथै उनले एउटा भवनका लागि पनि बजेटको व्यवस्था गर्न आग्रह गरेकी छिन् ।

विगतमा वर्षमा बाँके जिल्लाका मन्त्रीहुँदा ४२ वटा शीर्षकमा बजेट परेको स्मरण गराइन ।

‘पाँचथरमा यो वर्ष ६४ वटा योजनालाई बजेट परेको छ,’ उनले भनिन्, ‘६४ वटा योजनामध्ये मेरो जिल्लामा १ वटा योजना मात्रै भए पनि पठाइदिनु, तपाईंलाई मन्त्री बनाउने जिम्मा त्यहाँका जनताको पनि छ ।’

आफूले ठूलो गौरवको आयोजना माग नगरेको भन्दै सानो आयोजना पारिदिन आग्रह गरिन । त्यहाँका जनताले आशा गरेको भन्दै अबको दिनमा बजेट माग्न कहाँ जानु भन्दै प्रश्न गरेकी छिन् ।

सुर्खेतमा भएका २ वटा क्षेत्र भएकाले २ वटा मात्रै भए पनि बजेट दिन आग्रह गरिन ।

यो देश मन्त्रीको पनि भएकाले मन्त्रीले सबै क्षेत्रमा हेर्न आग्रह गरिन । आफ्नो माग राख्दा सहरी विकास मन्त्रालयको गेटमा गएर अनसन बस्ने दिन अनाउन नदिन आग्रह गरिन ।

उनले २ वटा मात्रै भए पनि आयोजना पारिदिन आग्रह गरिन् ।


क्लिकमान्डु