महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयमा महिला मैत्री शौचालय निर्माण गर्न सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंक भैरहवा र नारायणगढ शाखाले विद्यालयमा महिला मैत्री शौचालय निर्माण गर्न सहयोगनिर्माण गर्न आर्थिक सहयोग गरेको छ ।

महालक्ष्मी विकास बैंकको भैरहवा र नारायणगढ शाखाले क्रमश रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा न. ९ मा अवस्थित भानु माध्यामिक विद्यालयमा र चितवनको भरतपुर महानगरपालिका वडा न. ११ मा अवस्थित जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयमा निर्माण गर्न आर्थिक सहयोग गरेको छ ।

महिला मैत्री शौचालयका लागि एक लाख ५्र० हजार रुपैयाँका दरले तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

भानु माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा बंैकका सञ्चालक समितिका सदस्य राहुल अग्रवाल र रोटरी क्लब अफ लुम्बिनी सिद्घार्थनगरका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलाई एक लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

त्यस्तै बैंकको नारायणगढ शाखा कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक वीरेन्द«कुमार चौधरीले रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेशसेन ठकुरीलाई एक लाख ५० हजार रकमको चेक हस्तान्तरण गरेका छन् ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।


क्लिकमान्डु