नेपाल बंगलादेश बैँकको एक लाखको मुद्दती योजनामा एक लाखको कोरोना बीमा
काठमाडौं । नेपाल बंगलादेश बैंकले २ वर्षे मुद्दती योजनामा सबै ग्राहकहरुलाई एक लाख रुपैयाँ कोरोना बीमा गर्ने योजना ल्याएको छ ।
हालको स्वास्थ परिस्थितीलाई मध्यनजर गर्दै बैँकले यो योजना ल्याएको जनाएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले न्यूनतम एक लाख रुपैयाँ मौज्दातको २ वर्षभन्दा माथिको मुद्दती खाता खोल्नुपर्नेछ ।