गफ दिएको होइन मुलुक बन्छ, अर्को आन्दोलन गर्न पर्दैनः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा अर्को आन्दोलनको जरुरी नभएको बताएका छन् । सोमबार नेपाल टेलिभिजनबाट बैकल्पिक शिक्षा प्रविधिको शुभकामना दिँदै अब अर्को पुस्ताले आन्दोलन गर्न नपर्ने बताए ।

‘जति लड्ने हो अहिलेको पुस्ता लड्छ, अबका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्मानी पुस्ता बन्छ भन्ने अभिभावकको भनाइ झुठो सावित हुँदैन । हाम्रो मुलुकमा अब अर्कोआन्दोलन आवश्यक छैन । अप्ठ्यारोमा द्विविधा हुन्छ त्यही दूर गर्न नेतृत्व चाहिन्छ,’ उनले भने ।

उनले आरोप लगाए जस्तो काम गर्न सजिलो नभएको बताए ।

‘अरुले आरोप लगाए जस्तो गफ हानेको होइन । ढुक्क रहौं मुलुक बन्छ । सुशासन स्वच्छता कायम हुन्छ,’ उनले भने ।

उनले यही पुस्ताले समृद्धीको जिम्मेवारी लिइ तला थप्ने हुनुपर्ने बताउँदै एक शताब्दीदेखि हाम्रो पुस्ता स्वतन्त्रता र लोकतन्त्रका लागि लडेकालदे अब आन्दोलनको जरुरी नभएको बताए ।

पुरानो पुस्ताले नयाँ प्रणालीमा प्राप्तीका लागि आफ्नो जीवन समर्पित गर्यो । पुरानो पुस्ता लडेरै आजको पुस्तालाई प्रश्न गर्न सक्ने वातावरण सिर्जना गरिदिएको छ,’ उनले भने ।

उनले मुलुकको राजनीतिक व्यवस्था आमूल परिवर्तन गर्ने पछिल्लो आन्दोलन हुँदा किशोर उमेर रहेको वा भर्खरै जन्मिएको नवयुवा पुस्ता अहिले क्रमशः जिम्मेवारी सम्हाल्ने दिशातर्फ अघि बढेको बताए ।

‘यो पुस्ता स्वभावतः बढी जिज्ञाशु छ । र, नयाँ प्रविधिमा अभ्यस्त पनि छ । अभ्यस्त भएकै कारण देश र दुनियाँप्रति जानकारी पनि छ । मैले सार्वजनिक भएका देशभित्र वा बाहिर रहेका कतिपय जिज्ञाशु युवाको प्रश्नहरु सुनेको छु,’ उनले भने ।

उनले मुलुक बिग्रिँदै पो छ कि भन्ने चिन्ता नलिन आग्रह गरे । सरकार कर्तव्यबाट चुक्दै पो छ कि भन्ने पनि सुनेको छु अब अब त्यो मुलुकमा नदोहोरिने उनले बताए ।


क्लिकमान्डु