ब्याजलाई पुँजिकरण गर्न सीएनआईको माग



काठमाडौं । निजी क्षेत्रका व्यवसायीहरुले ब्याजलाई पुँजीकरण गर्नुपर्ने माग गरेका छन् । कर्जाको समय बढाउनु पर्ने, थप कर्जा लिने व्यवस्था समेत सहज बनाई ऋणको पुनरसंरचना गर्न राष्ट्र बैंकसँग उनीहरुले माग गरेका छन् ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा आफ्नो माग समेट् नेपाल उद्योग परिसंघ (सीएनआइ) ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष माग राखेका हुन् ।

आइतबार परिसंघले आगामी मौद्रिक नीतिमा सुझावहरु परिसंघको तर्फबाट नेपाल राष्ट्र बैंकलाई सुझाव दिँदै सरकारले व्यवस्था गरेको पुनरकर्जा कोषमार्फत १ खर्ब ५० अर्बको पुनरकर्जाको प्रवाहको प्रक्रिया सरल बनाई अविलम्ब शुरु गर्न आग्रह गरेको छ ।

यस्तो सहुलियतपुर्ण कर्जाको सीमालाई हाल उद्योग व्यवसायको कूल ऋणको २० प्रतिशत वा २० करोडसम्म पु¥याउनु पर्ने माग राखेको छ ।

त्यस्तै यो कोषबाट ऋण लिन कुनै पनि प्रकारका उद्योग व्यवसायलाई बञ्चित गर्न नहुने समेत परिसंघले भनेको छ । त्यस्तै मझौला, साना तथा घरेलु उद्योगहरुलाई पुनरकर्जामा विशेष व्यवस्था गर्न समेत परिसंघले आग्रह गरेको छ ।


क्लिकमान्डु