लकडाउनको कारण बैंकमा पैसा थुप्रियो, ऋण ३० अर्ब रुपैयाँले घट्यो



काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि लागु गरिएको लकडाउनले गर्दा बैंकमा पैसा थुप्रिएको छ ।

चैत ३० गतेसम्म वाणिज्य बैंकहरुमा ३० खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । जेठ ३० सम्म आइपुग्दा बैंकमा निक्षेप ३१ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । दुई महिनाको अवधीमा बैंकमा ९१ अर्ब रुपैयाँ निक्षेप बढेको छ ।

यस्तै ऋण तर्फ भने चैत ३० सम्म बैंकहरुमा २७ खर्ब ४८ अर्ब रुपैयाँ रहेकोमा दुई महिनापछि जेठ ३० सम्ममा २७ खर्ब १५ अर्ब रुपैयाँमा झरेको छ ।

बैंकहरुमा चैतपछि हरेक साता निक्षेप बढेको छ । त्यसको विपरित हरेक साता ऋण घटेको छ ।

आर्थिक क्रियाकलाप कमजोर हुँदै गएपछि बैंकमा ऋणको माग घटेको हो । अब लकडाउन खुकुलो हुँदै गएपछि बढ्ने अनुमान बैंकरको छ ।


क्लिकमान्डु