सोमबारदेखि दुईपांग्रे सवारीमा पनि जोरबिजोर लागू हुने



काठमाडौं । सरकारले घोषणा गरेको जोरबिजोर प्रणाली दुईपांग्रे सवारीमा पनि लागू हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदले असार १ गतेबाट निजी सवारी साधानलाई जोरबिजोर प्रणालीबाट सञ्चालन गर्न निर्देशन दिएको थियो ।

जसअनुसार हाल निजी सवारी साधान जोरबिजोर प्रणालीबाट सञ्चालन हुने भए पनि दुईपांग्रे सवारीलाई भने यो लागू नहुने व्यवस्था थियो ।

‘सरकारको निर्णयअनुसार सबै निजी सवारीमा जोरबिजोर प्रणाली भोलिबाट लागू हुन्छ,’ उनले क्लिकमाण्डूसँग भने ‘बाइक र स्कुटरको हकमा पनि यो प्रणाली लागू हुन्छ र बाइक र स्कुटरमा एकजना मात्रै हिँड्न पाइन्छ,’  महानगरीय ट्रफिक प्रहरी महाशाखाका प्रवक्ता जीवन कुमार श्रेष्ठले भने।


क्लिकमान्डु