कोरोना रोकथामका लागि सुनचाँदी व्यवसायीको १५ लाख रुपैयाँ सहयोग



काठमाडौं । सुनचाँदी व्यवसायी महासंघले सरकारलाई कोरोना भाइसर रोकथाम तथा नियन्त्रणका लागी १५ लाख रुपैयाँ सहयोग गरेको छ ।

महासंघले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री राहत कोषमा सो सहयोग रकम हस्तान्तरण गरेको हो ।

यस्तै, महासंघले यस बाहेक पनि १ करोड ८ लाख रुपैयाँ ६५ वटा जिल्लाका अन्य सुनचाँदी व्यवसायी संघमार्फत परिचालित गरी ती जिल्लाहरुमा राहत वितरण गरिरहेको छ ।

महासंघले महाभुकम्पमा पनि २५लाख रुपैयाँ सहयोग गरेको थियो ।


क्लिकमान्डु