सबैको पीसीआर परीक्षण नगरिने, यात्रापछि घरमै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह



काठमाडौं । एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्नेहरुलाई अब पीसीआर रिपोर्ट आवश्यक नपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्ने सबैको पीसीआर परीक्षण आवश्यक बाध्यता नभएको बताए ।

उनका अनुसार लकडाउन खुकुलो भएसँगै एक जिल्लाबाट अर्को जिल्लामा जानको लागि पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य नभएको बताए ।

‘कोभिडको परीक्षण गराउने छुट्टै मापदण्ड छ, जसले पायो उसैको जतिखेर पायो उतिखेर परीक्षण गराउँदा स्रोत साधानको कमी हुन्छ,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयले तोकेको न्यूनतम स्वास्थ्य सुरक्षाको उपाय अपनाएर मात्र यात्रा गर्न र यात्रापछि निश्चित समयसम्म घरमा नै आइसोलेट हुन आग्रह गरेको छ । त्यस्तै, स्वास्थ्यमा केही समस्या भए मात्रै स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न गौतमको आग्रह छ ।


क्लिकमान्डु