निजीलाई पीसीआर परीक्षण गर्न दिइने, खर्च सरकारले बेहोर्ने



काठमाडौं । सरकारले कोरोना संक्रमितको पहिचान गर्नका लागि पीसीआर परीक्षणको जिम्मेवारी निजी ल्यावलाई पनि दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति लिइएका पीसीआर टेस्टका नमूनालाई निजी ल्यावलाई पनि परीक्षण गर्न दिइने भएको हो । त्यसका लागि आवश्यक प्रक्रिया पूरा गरी निजीलाई परीक्षणको जिम्मेवारी दिइनेछ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्था गरेको जानकारी दिए ।

विदेश जानुपर्ने भिसा वा निगोरिताको परीक्षणका लागि वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा नमूना संकलन गरिने उनले जानकारी दिए ।


क्लिकमान्डु