कोरोना संक्रमित गुल्मीका १ जनाको मृत्यु, कुल संख्या १९ पुग्यो



काठमाडौं । कोरोना संक्रमित भइ थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार थप एकजनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार गुल्मी, धुर्कोटका ३६ वर्षे पुरुषको मृत्यु भएको हो । उनको गत जेठ १२ गते कोरोना पुष्टि भएको थियो भने त्यसपछि आइसोलेसनमा बसेका थिए । उनको जेठ ३१ गते राति आइसोलेसनमा मृत्यु भएको थियो । उनी क्यान्सर रोगबाट पीडित थिए । उनी केही समय अघि भारतबाट आएका थिए ।

हालसम्म कुल संक्रमितको संख्या ५ हजार ७६० जना पुगेको छ भने हालसम्म हाइसोलेसनमा ४ हजार ७६७ जना छन् । त्यस्तै, उपचारपछि निको हुनेको संख्या ९७४ छ भने हालसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ ।


क्लिकमान्डु