उपत्यका प्रवेश गर्न नयाँ नियम, बसोबास गर्ने नगरपालिकाको अनुमति चाहिने



काठमाडौं । लकडाउनमा उपत्यका प्रवेश गर्न सम्बन्धित नगरपालिकको अनुमति चाहिने भएको छ ।

गृहमन्त्रालयको निर्णय अनुसार काठमाडौं उपत्यका प्रवेशका लागि सम्बन्धित नगरपालिकाको अनुमति चाहिने भएको हो ।

आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै उपत्यका बाहिरबाट उपत्यकाभित्र प्रवेश गर्नका लागि उपत्यकामा बसोबास गर्ने सम्बन्धित नगरपालिकाको अनुमतिसहित यात्रा शुरु गर्ने जिल्लामा निवेदन दिनुपर्नेछ ।

उपत्यका बाहिर जानका लागि भने व्यक्तिगत प्रयोजनमा जानेले काठमाडौं जिल्ला प्रशासन कार्यालयको र संस्थागत प्रयोजनका लागि सोही संस्थाको सिफारिस पासले जान पाइनेछ ।

कोरोनाको संक्रमण जोखिम विश्लेषण र यात्राको औचित्यलाई पुष्ट्याई भएपछि मात्रै यात्राको अनुमति दिने प्रशासनले जनाएको छ ।


क्लिकमान्डु