नयाँ नक्सा निशान छापमा समेटियो, संविधान संशोधन सर्वसम्मतले पारित

602
Shares

काठमाडौं । लिम्पियाधुरा,लिपुलेक र कालापानी समेटिएको नक्सा नेपालको निशान छापमा समेटिएको छ ।

निशानमा छाप नयाँ नक्सा अनुसार मिलाउन गरिएको नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ विधेयक सर्वसम्मत रुपले प्रतिनिधिसभाबाट पारित भएको छ ।

प्रतिनिधि सभामा संशोधनको पक्षमा २५८ मत परेको छ। विपक्षमा शून्य मत परेको छ। अब विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएपछि यो कार्यान्वयनमा आउनेछ। त्यसपछि नयाँ नक्सा भएको निशान छाप जारी हुने छ ।

प्रतिनिधिसभाका सदस्य संख्या २७५ हो । दोस्रो संविधान संसोधन विधेयक दुईतिहाई मतभन्दा बढीले पारित भएको हो ।