कोरोना संक्रमित थप २ जनाको मृत्यु, संख्या १८ पुग्यो



काठमाडौं । कोरोना संक्रमित थप २ जनाको मृत्यु पुष्टि भएको छ  । स्वास्थ्य मन्त्रालयका अनुसार बारा र पर्साका २ जनाको मृत्यु भएको हो ।

पर्साको वीरगञ्जस्थित २५ वर्षे पुरुषको गत जेठ २८ गते बेवारिसे लास फेला परेको थियो । उनको नमूना परीक्षण गर्दा कोरोना पाइएको थियो ।

त्यसैगरी बाराको निजगढ नगरपालिका- ६ का ५ वर्षे बालकलाई श्वासप्रश्वासमा समस्या देखिएपछि वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो । उनको जेठ ३० गते राति मृत्यु भएको थियो ।

यसरी नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १८ पुगेको छ ।


क्लिकमान्डु