उपेन्द्र यादवको प्रश्नः नेपालको चुच्चे नक्सा कसले हटायो ? जवाफ चाहियो



काठमाडौं । संघीय समाजवादी पार्टीका अध्यक्ष तथा सांसद् उपेन्द्र यादवले नेपालको भूमाग रहेको लिम्पियाधुरा,लिपुलेक र कालापानी भएको भूमाग भएको चुच्चे नक्सा कसले हटाएको हो त्यसको जानकारी दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा संविधान संसोधनको प्रस्तावमा उभिदै यादवले नेपालको पश्चिमको सिमाना महाकाली नदी भएको सुगौली सन्धीमा लेखिएपनि महाकालीको सन्धी गर्नेले महाकाली नदीको मुहानको विषय छाडेको भन्दै महाकाली सन्धी गर्नेले जवाफ दिनुपर्ने बताए ।

उनले राष्ट्रियताको पक्षमा सबै एकठाउँमा हुने भन्दै प्रधानमन्त्रीलाई महाकाली सन्धीको जवाफ दिन भनेका छन् ।


क्लिकमान्डु