संविधान संसोधनको पक्षमा उभिदै राजेन्द्र महतोले भने नक्साले मात्र हुँदैन जमिनपनि चाहिन्छ



काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद् राजेन्द्र महतोले नक्सा जारी गरेर मात्र जमिन फिर्ता नआउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जमिन फिर्ता ल्याउन भनेका छन् ।

उनले राष्ट्रियता कसैको पेवा नभएको भन्दै हिमाल,पहाड र मधेश जनता राष्ट्रियताको सवालमा एक ठाउँमा रहेको बताए । उनले मधेशीलाई राष्ट्रियताको सवालमा प्रश्न नगर्न भन्दै सिमाको रक्षा मधेशीले गरेको बताए ।

उनले कालापानी,लिपुलेख र लिम्पियाधुरा नेपालको भूमि भएको भन्दै आफुहरु संविधान संसोधन गर्न प्रस्तावमा उभिएको बताए । उनले आफुहरुको संविधानमा सहमति धेरै रहेपनि राष्ट्रियताको सवालमा एकठाउँमा उभिएको बताए ।

उनले महाकाली सन्धीका हर्ताकर्ताले नेपालको भूमिको विषय बिर्सेको बताए । उनले त्यसको दोष महाकाली सन्धी गर्नेहरुले लिनुपर्ने बताए । उनले नेपाल भारतको सम्बन्ध जनस्तरको भएको भन्दै त्यो ओली र मोदीले बिगार्न नसक्ने बताए ।


क्लिकमान्डु