संविधान संसोधनको पक्षमा भोट नहाल्ने भन्दै सरिता गिरीले बैठकबाट बाहिरिन्



काठमाडौं । संघीय समाजवादीकी सांसद् सरिता गिरीले आफुले प्रस्ताव गरेको संविधान संसोधनको प्रस्ताव अस्वीकृत भएपछि बैठक छाडेर बाहिरिएकी छन् ।

गिरीले निशान छाप नयाँ नक्सा राख्नको लागि गरिएको संसोधन प्रस्ताव हटाउन माग गर्दै संविधान संसोधनको प्रस्ताव दर्ता गरेकी थिइन् ।

गिरीको पार्टी भने संविधान संसोधनको पक्षमा उभिने र सबै सांसद्लाई संविधान संसोधनको पक्षमा भोट हाल्न ह्विप जारी गरेको छ । उनले संविधान संसोधनको प्रस्ताव फिर्ता लिन पार्टीले गरेको अनुरोध समेत अस्वीकार गरेकी थिइन् ।


क्लिकमान्डु