राजतन्त्रले गुमाएको जमिन गणतन्त्रमा फिर्ता आउने भयो : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको जमिन गणतन्त्रमा फिर्ता ल्याउने काम भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा नेकपाका अध्यक्ष प्रचण्डले सामुहिक प्रयासबाट नेपालको गुमेको भुभाग फिर्ता ल्याउने प्रक्रिया अगाडि बढेको बताए ।

नेपालको संविधान दोस्रो संसोधन मार्फत निशान छापमा नयाँ नक्सा राख्ने विषयमा प्रतिनिधिसभाको बैठकमा अध्यक्ष प्रचण्डले सबै राजनीतिक दल संविधान संसोधनमा एक ठाउँमा आउनु राष्ट्रिय एकतामा सबै दल एक ठाउँमा भएको सन्देश दिएको बताए ।

उनले यो व्यक्ति विशेषको भन्दापनि सबैको पहले सम्भव भएको भन्दै नयाँ नक्सा जारी गर्ने काम गरेर संसोधनको प्रक्रिया बढाएकोमा प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद् दिएको बताए ।

उनले २०४६ सालपछिका प्रधानमन्त्रीहरुले असमान सन्धीलाई हटाउन भनेको र २०६२/६३ पछिका प्रधानमन्त्रीहरुले भारतसँग सिमा विवादको कुरा उठाएको जानकारी दिए । अब भारतसँग कुटनीतिक र राजनीतिक तहमा वार्ता गरेर समाधान सधैको लागि गर्ने संकल्प हामीले लिएका छौ, अध्यक्ष प्रचण्डले भने ।


क्लिकमान्डु