कोरोनामा भएको खर्चको विवरण छिट्टै सार्वजनिक गर्ने उच्चस्तरीय समितिको निर्णय



फाइल फोटो

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि भएको खर्चको विवरण छिट्टै सार्वजनिक हुने बताएका छन् ।

शुक्रबार बसेको उच्चस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकपछि जारी वक्तव्य पढेर सुनाउँदै मन्त्री ज्ञवालीले जोखिमको यो अवस्थालाई ख्याल राख्दै आन्दोलन नगर्न आग्रह गरे ।

उनले सरकारले विभिन्न शीर्षकमा रकम खर्च गरेको र प्रदेश र स्थानीय तहले पनि खर्च गरेको रकम छिट्टै सार्वजनिक हुने बताए । उनले पीसीआर टेस्टको दायरा थप बढाउने समेत निर्णय गरिएको जानकारी दिए । केही समययता विदेशबाट आउनेहरुको संख्या बढेसँगै क्वारेन्टिन व्यवस्था गर्न गाह्रो भएको समेत बताए ।

त्यसैले लकडाउनलाई खुकुलो बनाउँदै जनजीवनलाई सामान्य बनाउँदै लैजाने क्रममा सरकारले रहेको भन्दै सामाजिक दूरी कायमै राख्न समेत आग्रह गरे ।

त्यसैले भोलि संसदमा हुने भनिएको संविधान संशोधनका लागि सबै एकजुट हुनका लागि समेत ज्ञवालीले आग्रह गरे ।


क्लिकमान्डु