अर्घाखाँचीका कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६ पुग्यो



काठमाडौं । अर्घाखाँचीका कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार बुटवलमा उपचार गरेर फर्कदै गर्दा कोन्द्रे खोलामा पुग्दा उनको मृत्यु भएको हो । मृत्यु भएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

उनी भारतबाट १२ दिनअघि नेपाल आएका थिए । घरआएपछि क्वारेन्टिनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी संक्रमणयुक्त नहुँदा डिस्चार्ज गरिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमण भइ मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

सोमबार मात्रै ४४८ जना कोरोना संक्रमित थपिएका छन् भने कुल कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । हालसम्म ८७७ जना उपचारपछि निको भइसकेका छन् ।


क्लिकमान्डु