शुक्रबार ४४८ जना थपिए नयाँ कोरोना संक्रमित, कुल संख्या ५ हजार नाघ्यो



काठमाडौं । शुक्रबारमात्रै ४४८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कुल संख्या ५ हजार ६२ पुगेका छन् ।

जसमध्ये हालसम्म उपचारपछि ८७७ जना निको भइसकेका छन् भने कोरोना संक्रमित १६ जनाको मृत्यु भइसकेको छ ।


क्लिकमान्डु