कान्ति बाल अस्पतालमामा टिकट लिन मोबाइल एप, घरबाटै टिकट लिन सकिने



काठमाडौं । कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने एप्स तयार भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त एप्सको शुभारम्भ गरेका हुन् ।

यसबाट उपभोक्तको समयको बचत हुनुका साथै उपचार प्रक्रियासमेत सहज हुने मन्त्री ढकालको भनाइ छ ।

एप्सको प्रयोग गरिएसँगै न्यून जनशक्तिका भरमा काम गर्न सजिलो हुने उनको भनाइ छ । ‘घण्टौँ लाइनमा बस्नुपथ्र्योे, अब यसले त्यो समस्या हटाउने निश्चित छ’, उनले भने, ‘यो सेवा चर्चा पाउनेसम्मका लागि सीमित बन्नु हुँदैन, यो सेवालाई निरन्तरता दिनसक्नु पर्छ ।’

अस्पतालमा लाग्ने भीडलाई व्यवस्थित गर्न प्रयोग गरिँदै आएको जनशक्तिलाई अब अन्य काममा लगाउन सकिने उनको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले विस्तारै सवै सेवा प्रविधिको प्रयोग गरी गर्नुपर्नेमा जोड दिए । उपभोक्ताले पनि सकभर प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले एप्सको प्रयोगबाट कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा मद्दत पुग्ने विश्वास व्यक्त गरे । एप्स ल्याइसकेपछि सर्वसाधारणलाई यसको प्रयोगबारे नियमितरुपमा जानकारी गराउनुपर्नेमा उनको भनाय छ ।

त्यस अवसरमा कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले एप्सको प्रयोग तथा अस्पतालको अवस्थाबारे जानकारी गराए । उनका अनुसार घरबाटै एप्सको प्रयोग गरी टिकट लिन सक्ने तथा सोझै अस्पताल पुगी चिकित्सककहाँ गएर अभिभावकले आफ्ना बालबालिकाको उपचार गराउन सकिने बताए ।

उपभोक्ताले उक्त एप्समार्फत दैनिक बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म टिकट घरबाटै काट्न सक्नेछन् । यसका लागि दर्ता शुल्क ५० रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ । यसमा उपभोक्ताले वर्षभरि अस्पतालबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु