सेन्चुरी बैंकको नयाँ ब्याजदर सार्वजनिक, केमा कति ?
काठमाडौं । सेन्चुरी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति तर्फ व्यक्तिगतमा ८.२५ र संस्थागत रुपमा ७ प्रतिशत ब्याज पाइने छ । यस्तै बचतमा सबैभन्दा बढी ५.५० र कम १ प्रतिशत रहेको छ । हाल बैंकले २४ वटा बचत खाता सञ्चालमा ल्याएको छ ।
चैत मसान्तसम्मको बैंकको आधारदर १०.२७ प्रतिशत रहेको छ। बैंकबाट ऋण लिँदा सबैभन्दा बढी १५.२७ प्रतिशत ब्याज लाग्ने छ ।
बैंकबाट होम लोन, सवारी लोन (व्यक्तिगत तथा व्यवसायीक) लिँदा १५.२७ प्रतिशत ब्याज लाग्ने छ ।
यस्तै शैक्षिक धितोकर्जा १३.७७, कृषि कर्जा १३.७५, सेयर कितोकर्जा लिँदा १४.५२ प्रतिशत ब्याज लाग्ने छ ।