बिहीबार २५० जना थपिए नयाँ कोरोना संक्रमित, संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो



काठमाडौं  । बिहीबार थप   २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । जसमा २० जना महिला र २३० जना पुरुष संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थपिएका नयाँ संक्रमितसहित कुल संक्रमितको संख्या ४ हजार ६१४   पुगेको छ ।

त्यस्तै, उपचारपछि थप   १८७ जनामा निको भएका छन् । निको हुनेहरुको कुल संख्या  ८६१ पुगेको उनले जानकारी दिए ।

हाल नेपालमा १ लाख ६२  हजार १३ जना क्वारेन्टिनमा छन् भने हालसम्म पीसीआर परीक्षण गरिएको संख्या १ लाख १५  हजार ९३०  पुगेको छ । उनका अनुसार हालसम्म कोरोना संक्रमित १५ जनाका मृत्यु भइसकेको छ ।

 


क्लिकमान्डु