सेञ्चुरी कमर्सियल बैंकले लगानीकर्तालाई अन्तरिम लाभांस दिने



काठमाडौं । सेञ्चुरी कमर्सिय बैंकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट लगानीकर्तालाई ३ प्रतिशत नगद लाभांश दिने भएको छ । कोरोनाले निम्त्याएको विषम परिस्थितिमा सेयरधनीलाई केही राहत महसुस गराउन उक्त लाभांश दिन लागेको जनाएको छ ।

स्वीकृत नगद लाभांसको ३ प्रतिशत अर्थात् २५ करोड २४ लाख ६४ हजार १४७ रुपैयाँ छुट्याएको छ । जसमा आवश्यक लाभांस कर कट्टीपछि २३ करोड ९८ लाख ४० हजार ९३९ रुपैयाँ वितरण गर्ने छ । फागुन ३० गते कायम रहेका सेयरधनीहरुलाई अन्तरिम लाभांसको रुपमा वितरण गर्ने बैंकको सञ्चालक समितिले निर्णय गर्ने गरेको छ ।

हाल विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले गर्दा उक्त स्वीकृत प्राप्त भएको वार्षिक प्रतिवेदन, वार्षिक साधारण सभा हुन नसकी अर्काे सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । बाँकी रहेको नगद लाभांस र बोनश शेयर वार्षिक साधारण सभा भए पश्चात् वितरण गर्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु