बुधबार २७९ जना थपिए नयाँ कोरोना संक्रमित, निको हुने ६७४ पुगे



काठमाडौं । बुधबार थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थपिएका नयाँ संक्रमितसहित कुल संक्रमितको संख्या ४३६४ पुगेको छ ।

त्यस्तै, उपचारपछि निको हुनेहरुको संख्या ६७४ पुगेको उनले जानकारी दिए ।

हाल नेपालमा १ लाख ७२ हजार २६६ जना क्वारेन्टिनमा छन् भने हालसम्म पीसीआर परीक्षण गरिएको संख्या १ लाख १० हजार ७४४ पुगेको छ । उनका अनुसार हालसम्म कोरोना संक्रमित १५ जनाका मृत्यु भइसकेको छ ।

कोरोना संक्रमित जिल्लाको संख्या ७२ पुगेको छ ।


क्लिकमान्डु