प्रधानमन्त्रीलाई धेरै कुरा थाहा छैन, र थाहा छैन भन्ने पनि थाहा छैनः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीलाई कोरोनाबारे केही थाहा नभएको र थाहा नभएको कुरा पनि थाहा नभएको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गर्दै उनले भने, हङकङमा कोरोना परीक्षण गरिएको नेपालमा क्षमता नभएर पठाएको होइन, त्यो बेलामा रि-एजेन्ट कतै नभएर पठाएको हो, यो सरकारले पीसीआर मेसिन ५ वटा किन्यो ५ वटै चल्दैन ।’
उनले आफैले बनाएको क्वारेन्टिनको मापदण्ड पढ्नु भएको छ भन्दै प्रश्न गरे ।
‘हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कस्ले भन्यो ? नेपालमा मृत्यु हुने संख्या कम छ भनेर उमेर समूहका आधारमा विश्वव्यापी संख्यासँग दाँजेर हेर्नु भएको छ, भ्रष्टाचार स्वास्थ्य सामग्रीको सूची राखेर संसदमा छलफल गर्नका निम्ती म प्रधानमन्त्रीलाई खुला आह्वान गर्दछु तयार हुनुहुन्छ ?,’ उनले भने ।
उनले जुन अवस्थामा भारतबाट नेपाली नागरिकहरु ल्याइएका छन्, ती व्यक्ति हुन कि नेपाली नागरिक हुन् ? ती नेपाली नागरिकका बारे चिन्ता गर्ने, उनीहरु आउँदैछन भन्ने जानकारी राख्ने, क्वारेन्टिनको तयारी गर्ने सरकारले हो कि हामीले गरिदिनु पर्ने हो ? भन्ने प्रश्न गरे ।
‘के त्यो तयारी गरेको भए आज उनीहरुलाई आरोप लगाए बस्नु पर्दथ्यो ? वा आज हामी एउटा पनि कोृरोना संक्रमित नभएको वा कम भएको न्यूजिल्याण्डको प्रधानमन्त्री नाचेको जस्तो हाम्रो प्रधानमन्त्री नाचेको हेर्न पाइन्थ्यो,’ उनले भने ।