मेलम्चीको प्रश्नमा बिटमार्ने बेला भयो, आयोजना उद्घाटन गर्ने समय सार्वजनिक गर्दैछौंः मन्त्री मगर



काठमाडौं । खानेपानी मन्त्री बिना मगरले अब मेलम्ची खानेपानी आयोजनामा उठ्ने प्रश्नको बिटमार्ने बेला भएको बताएकी छिन् ।

प्रतिनिधिसभाको बैठकमा मन्त्री मगरले चुनौतीका बीचमा मन्त्रालय आफ्नो काममा सफलता पाउँदै आएको जानकारी गराइन ।

‘वर्षौदेखि मेलम्चीको विषयमा प्रश्न उठने गरेको छ । भौतिक काम चालु आवमा नै नै काम सकिन्छ । आगामी आवबाट व्यवस्थित रुपमा पानी वितरण गरिन्छ,’ उनले भनिन् ।

उनले सरकार मेलम्ची आयोजनाको उद्घाटन गर्ने समय सार्वजनिक गर्ने तयारीमा रहेको पनि जानकारी गराइन ।

आगामी आवको सुरुमा मेलम्चीको सुरुङ परीक्षण गर्ने र पहिलो चरणमा मेलम्चीको पानी केयुकेएलले वितरण गरेको ठाँउ र दोस्रो चरणमा अन्य क्षेत्रमा वितरण गर्ने बताइन् ।

मन्त्री मगरले प्रतिदिन ३ करोड २४ लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमताको गुहेश्वरी फोहोर पानी प्रधोशन केन्द्र हाल परीक्षणको क्रममा रहेको बताइन । उनले सल्लाघारीलगायतका ठाँउमा निर्माण भइरहेको प्रशोधन केन्द्रलाई अघि बढाउने बताइन ।


क्लिकमान्डु