लकडाउन नखोले गम्भिर आर्थिक संकट निम्तने छ: महासंघ उपाध्यक्ष चन्द्र ढकाल (भिडियोसहित)
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका चन्द्र ढकालले लकडाउन अब नखोलेमा गम्भिर आर्थिक संकट देखिने बताएका छन् ।
उनले पहिलो चरणमा साना र मझौला व्यवसाय सबैभन्दा पहिला खोल्नुपर्ने र अहिले कोरोना भाइरस नियन्त्रणका लागि अपनाइएको लकडाउनले साना तथा मझौला व्यवसायलाई सबैभन्दा बढी असर गरेको बताए ।
सुरक्षाको उपाय अपनाएर हवाई यातायात र सार्वजनिक यातायातपनि खोल्नुपर्ने अवस्था अब आएको ढकालको भनाई छ ।
‘सेवा क्षेत्रमा अहिले बैंक वित्तीय संस्था र बीमा सिमित सेवा मात्र चलाएको अवस्था छ,यसलाई पूर्ण रुपमा संचालन गर्नुपर्यो । यस्तै होटल र रेष्टुरेन्ट खोल्नुपर्छ । क्षमताको ५० प्रतिशत उपभोग गरेर संचालन गर्नुपर्छ,’ढकालले भने ।
उनले तेस्रो नम्बर समग्र अर्थतन्त्र नर्मल गरेर चलाउनुपर्ने र कोरोना भाइरस नियन्त्रणका लागि लागु गरिएको लकडाउनले मानसिक र वित्तीय रुपमा बोझ थपिएको भन्दै ढकालले अर्थतन्त्रलाई खुल्ला गर्नुपर्ने बताए ।
कोरोनाको संक्रमण भएका अरु देशमा अर्थतन्त्र चलाउन क्रमशः खुला भएको हुँदा खुकुलो बनाउनुको बिकल्प नभएको ढकालको भनाई छ ।