स्याङजाका एक पुरुषको कोरोनाकै कारण मृत्यु, संख्या १४ पुग्यो
काठमाडौं । करोनाका कारण थप १ जनाको मृत्यु भएको छ ।गण्डकी प्रदेश, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङजा वालिङका ६० वर्षे पुरुषको मृत्यु भएको हो ।
गण्डकी प्रदेश, कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमकी प्रवक्ता डा. बिनोद विन्दु शर्माका अनुसार अनी हिजो अस्पतालमा भर्ना भएका थिए ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।