लकडाउनमा ४६ वटा खाद्य व्यवसायमा विभागको अनुगमन
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले लकडाउनको अवधिमा ४६ वटा खाद्य व्यवसायहरुमा निरीक्षण गरेको छ ।
यो अवधिमा विभागले निरीक्षण, अनुगमन गरी आवश्यक निर्देशन, नमुना संकलन तथा म्याद नाघेका खाद्य पदार्थ नष्ट गरेको जानकारी गराएको छ ।
१२ औ विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित अन्तकृया कार्यक्रममा विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताए ।
यो अवधिमा खाद्य पदार्थको बिक्रीवितरण तथा राहत वितरणमा पनि गुनासो आएको र त्यसको सम्बोधन, संयुक्त बजार अनुगमन, खाद्य उद्योगहरुको निरीक्षण अनुगमन तथा नमूना संकलन गरेको महर्जनले बताए ।
विभागले अनुगमनको क्रममा म्याद नाघेका खाद्य पदार्थहरुको नष्ट गरेको पनि जानकारी गराए । विभागले यो अवधिमा खाद्य उद्योगहरु तथा सयुक्त बजार अनुगमन गरी २१ पटक निरीक्षण अनुगमन तथा नमूना संकलन गरेको पनि जानकारी गराए ।
यस्तै विभागले खाद्य उद्योग, किराना पसल तथा खाद्य ट्रेडर्स गरी ३७ वटा खाद्य व्यवसायहरुमा निरीक्षण अनुगमन गरी आवश्यक निर्देशन दिएको छ ।