अर्थमन्त्रीले मुन्सीले जतिपनि हिसाब हेर्न सकेनन् : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सांसद् गगन थापाले अर्थमन्त्री डा युवराज खतिवडा मुन्सीले जतिपनि हिसाब हेर्न नसकेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा खर्च कटौती सम्बन्धि प्रस्तावको विषयमा बोल्दै सांसद् थापाले अर्थमन्त्रीले मन्त्रीहरुलाई हेपेर बजेट ल्याएको बताए ।
उनले बजेट मार्फत राष्ट्रपतिलाई श्री ६ बनाउने काम भएको र राष्ट्रपति शिक्षा सुधार कार्यक्रम राख्नु र खर्च बढाउनुको औचित्य नभएको बताए ।

ऊर्जामन्त्रीले निजी क्षेत्रका प्रवद्र्धकलाई सहुलियत दिन्छु भनेपनि पेन स्टक पाइपमा भएको भन्सार बृद्धिले निजी क्षेत्रका प्रवद्र्धकहरु निरुत्साहित भएको बताए ।
उनले विजुलीको खपत बढाउन विद्युतीय गाडीमा सहुलियत दिनुपर्नेमा त्यसलाई बढाएर अर्थमन्त्री खतिवडाले उल्टो बाटो हिडेको थापाले बताए ।

‘डेढ अर्बको विजुली गाडी आयात भयो भनेर अर्थमन्त्रीले नेकपाको घोषणपत्र र सरकारी नीति विपरित विजुली गाडीमा भन्सार बढाउनुभयो,’थापाले भने ।

अर्थमन्त्रीको मुन्सीले जस्तो हिसाब हेर्न नसकेको भनाई थापाको छ ।


क्लिकमान्डु