व्यवसायीको माग: लकडाउनको मोडालिटी तत्काल परिवर्तन गरौं, नत्र कर तिर्न सकिन्न
काठमाडौं । नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघले लकडाउनको मोडालिटी तत्कालै परिर्वतन गर्न माग गरेको छ ।
महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनको मोडालिटी परिर्वतन गरी पसल व्यवसायहरु खुलाउन माग गरेको हो ।
बिहीबारदेखि व्यवसायीहरुले एकतर्फी निर्णय गरी पसलहरु सूचारु गरेका विषयमा पनि महासंघले स्वागतयोग्य भएको बताएको छ ।
राज्यलाई तिर्नु पर्ने कर, बैंकबाट लिएको ऋणको साँवा तथा ब्याज र घरभाडामा समेत भुक्तानी गर्न नसक्ने अवस्थामा हामी पुगेका छौं । लकडाउनको विद्यमान मोडालिटीलाई परिवर्तन गरी सहज बनाउनु आजको आवश्यकता हो । लकडाउनलाई सहज बनाई व्यवसायीमूखी राहत प्याकेज घोषणा गर्न नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघले माग गरेको छ।
महासंघकी अध्यक्ष कमला गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बिहीबारदेखि देशभरका उद्योगी–व्यवसायीहरुले एकतर्फी निर्णय गरी व्यवसायहरु सञ्चालनमा ल्याउनु भएको छ, उक्त अभियानमा नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघ ऐक्येवद्धता व्यक्त गर्न चाहन्छ ।’
अध्यक्ष गुरुङले उद्योगी-व्यवसायीहरुका लागि तत्कालै राहत प्याकेजको घोषणा गर्न पनि माग गरेकी छिन् ।
‘लकडाउनलाई सहज बनाई व्यवसायीमूखी राहत प्याकेज घोषणा गर्न महासंघ जोडदार माग गर्दछ’ जारी विज्ञप्तिमा भनिएको छ ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन गरिएको बन्दाबन्दी (लकडाउन) लामो समयसम्म लम्बिदै जादा पनि उद्योगी–व्यवसायीहरुका लागि राज्यका तर्फबाट सहुलियतका प्याकेज नआएका कारण देशभरका आम उद्योगी-व्यवसायीहरु हतोत्साहित भएको बताएका छन्।
बिहीबारदेखि देशभरका उद्योगी-व्यवसायीहरुले एकतर्फी निर्णय गरी व्यवसायहरु सञ्चालनमा ल्याउनु भएको छ, उक्त अभियानमा नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघ ऐक्येवद्धता व्यक्त गरेको छ ।